१६ चैत २०८०, शुक्रबार

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

  • १० असोज २०७९, सोमबार
Image

काठमाडौं- पछिल्लो २४ घण्टामा एक हजार ५१ जनामा डेंगु संक्रमण देखिएको छ। योसँगै देशभर डेंगु संक्रमितको संख्या २५ हजार ५४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयकाअनुसार डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ। गत साउन महिनामा पहिलोपटक डेंगु पुष्टि भएयता यो सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ।

सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार ९१० जना सङ्क्रमित भएका छन् भने लुम्बिनी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ८८९ पुगेको छ। नेपालमा वि.सं. २०६१ मा पहिलोपटक डेंगुको सङ्क्रमण देखापरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर