९ कार्तिक २०८३, आइतबार

कांग्रेसको निर्वाचन सुरक्षा उपसमितिको प्रदेश र जिल्ला संयोजक तोकिए (सूचीसहित)

  • १५ कार्तिक २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन सुरक्षा उपसमितिको प्रदेश र जिल्ला संयोजक तोकिएको छ। 

नेपाली कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन सुरक्षा समन्वय उपसमितिको केन्द्रीय सचिवालय, प्रदेश र जिल्ला संयोजक र सदस्यहरु मनोनय गरेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन्। 

गोपान श्रेष्ठ संयोजक रहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति' अन्तर्गतको जितजंग बस्‍नेत संयोजक रहेको निर्वाचन सुरक्षा समन्वय उपसमितिमा सहसंयोजकसहित जिल्ला र प्रदेश संयोजक मनोनय गरिएको हो। 

जसमा सह-संयोजक मेखलाल श्रेष्ठ रहेका छन् भने सचिवालय सदस्यहरुमा सुवोध कुमार अधिकारी स्याङ्जा, सुप्रभात भण्डारी ललितपुर, ठाप्रसाद पोखरेल काठमाडौं, कमल कार्की भक्तपुर, कृष्णजी खड्का काठमाडौं, इन्द्रबहादुर रिजाल स्याङ्जा, निरन्जन केसी ललितपुर, दिनेश विक्रम शाही काठमाडौं र केशव पुरी ललितपुर रहेका छन्।  




प्रतिक्रिया

सम्बन्धित खवर