८ कार्तिक २०८३, शनिबार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समापन

  • १४ कार्तिक २०७९, सोमबार
Image

काठमाडौं- आज छठ पर्वको अन्तिम दिन रहेको छ। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ। चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोडेका छन्। सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। 

प्रतिक्रिया

सम्बन्धित खवर