काठमाडौं- काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरका मेयर बालेन शाहको संयोजकत्वमा समिति गठन गरिएको छ। नवनिर्वाचित काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले शाहको नेतृत्वमा फोहोर व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो।
महानगरका जनप्रतिनिधिले सोमबारै शपथपछि पदभार ग्रहण गरेका थिए र सोमबारै कार्यपालिका बैठक बसेको थियो। फोहोर व्यवस्थापन समितिले फोहोर व्यवस्थापनको विकल्पबारे अध्ययन गर्नेछ।
यस्तै काठमाडौंका रेस्टुरेन्ट तथा पेट्रोल पम्पका शौचालयलाई सार्वजनिक बनाउने बनाउने निर्णय पनि कार्यपालिकाले गरेको छ। रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सम्झौता गरी त्यसलाई कार्यान्वयनमा ल्याइने छ। कार्यपालिका बैठकले गुनासो सुन्न कल सेन्टर चलाउने, पूर्वाधार एम्बुलेन्स सञ्चालन र ढलको समस्या समाधान गर्ने पनि निर्णय गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation