९ कार्तिक २०८३, आइतबार

पोस्टर पनि चोरेर बनाउँछन् एमाले नेताहरु

  • ३१ असोज २०७९, सोमबार
Image

काठमाडौं- नेकपा एमाले यसपटकको निर्वाचनमा ठूलो पराजय व्यहोर्ने देखिएको छ। पार्टीको आन्तरिक कलह मिलाउन नसक्नु, ओलीले टिकट वितरणमा गरेको मनपरी, पार्टीकै शक्तिशाली नेताहरुले एमाले छोड्नुलगायतका कारण एमालेले ठूलो पराजय व्यहोर्ने भएको छ। 

हारको मानसिकताबाट ग्रसित एमाले नेताहरुले आफ्ना चुनावी पोस्टर पनि मौलिक बनाउन सकेका छैनन्। एमाले महासचिव शंकर पोखरेलको पोस्टर नेपाली कांग्रेसको २०७४ को घोषणापत्रको आवरणमा राखेर बनाइएको छ। 

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो घोषणापत्रको आवरणमा लेखिएको नारा रविन्द्र मिश्रको रहेको छ। २०७४ को निर्वाचनमा रविन्द्र मिश्र विवेकशील साझाबाट चुनावमा होमिँदा 'परिवर्तन सम्भव छ हाम्रै पालामा' भन्‍ने नारा व्यापक चर्चामा आएको थियो। त्यही नारा टिपेर ओलीले भन्‍ने गरेको समृद्ध नेपाल, सुखी नेपालीमा शंकर पोखरेल र उनको तस्बिर राखिएको छ। 

यसरी पोस्टर पनि चोरेर बनाउने एमालेका महासचिव एक्ला भने होइनन्। एमालेकी नेतृ कमल ओलीको पोस्टर पनि भारतीय प्रधानमन्त्री मोदीको चुनावी अभियानबाट चोरी गरिएको छ। यसअघि मोदीले आफू चुनाव लड्दा बनाएको नारा 'बहुत हुई देश मेँ महँगाई की मार, अबकी बार मोदी सरकार' राखेका थिए। 

मोदीको चुनावी अभियानको नारा हुबहु चोरीले एमाले नेतृ कोमल वलीले पोस्टर बनाएकी छन्। उनले आफ्नो पोस्टरमा लेखेकी छन्,'अति भयो महँगीको मार, चाहिने नै भयो एमाले सरकार'। उनको यस नाराले भन्‍न खोजेको विषयमा पनि उनी अनविज्ञ छन्। यसअघि एमाले अध्यक्ष ओलीकै नेतृत्वमा सरकार थियो भन्‍ने कुरा पनि उनले हेक्का राखेकी छैनन्। 

प्रतिक्रिया

सम्बन्धित खवर