८ कार्तिक २०८३, शनिबार

देशभर डेंगु संक्रमितको संख्या ४० हजार पुग्यो

  • ३१ असोज २०७९, सोमबार
Image

काठमाडौं- नेपालमा डेंगी संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ४० हजार २९ जनामा डेंगी संक्रमण पुष्टि भएको हो। संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ।

सरकारले देशका ७७ वटै जिल्लामा डेंगीको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगीबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरेको छ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगी नेपालमा पहिलो पटक २०६१ मा डेंगीका बिरामी देखिएका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर