८ कार्तिक २०८३, शनिबार

भियतनाममा ६ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

  • ८ असार २०७९, बुधबार
Image

हनोई- भियतनाममा पेट्रोलियम पदार्थको मूल्य ६ महिनामा १२ पटक वृद्धि भएको छ। सन् २०२२ को अहिलेसम्म ६ पटक मूल्य वृद्धि भइसकेको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।  

विश्व बजारमा पटक पटक निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले आफ्नो देशमा पनि मूल्य वृद्धि गर्नु परेको उनीहरूको भनाई छ। 

उनीहरूका अनुसार यही जुन महिनाको २१ दिनमा मात्रै तीन पटक मूल्य वृद्धि भइसकेको छ।

देशको उद्योग तथा व्यापार मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय सम्बन्धित निकायलाई पठाएको छ।  देशमा अहिले आन्तरिक मागका लागि पाँच देखि सात दिनलाई मात्रै पुग्ने पेट्रोलियम पदार्थ रहेको पनि सरकारी अधिकारीहरूले जनाएका छन्।

महङ्गो र अभाव भइरहेको पेट्रोलियम पदार्थको खपत तथा माग घटाउन पनि मूल्य वृद्धि गर्नु परेको सरकारी अधिकारीहरूको भनाई छ। पेट्रोलियम पदार्थको मूल्य अझ धेरै हुन नदिन सरकारले वातावरण संरक्षण कर कटौती गर्न अर्थ मन्त्रालयले प्रस्ताव गरेको छ।   

प्रतिक्रिया

सम्बन्धित खवर