काठमाडौं- प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ। एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन्।
शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।
प्रतिनिधिसभामा एमालेले जसपालाई १७ सिट दिने भएको छ।
तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने भनिएको छ। सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation