काठमाडौं- भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन्। गान्धी सोमबार साँझ ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका स्रोतको भनाइ छ।
गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन्। उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ। गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।
नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन्। नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्ने स्रोतले बताएको छ। उनी शुक्रबार स्वदेश फर्कनेछन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation