काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले गोरखामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्।
आज बिहान करिब साढे ९ बजे नेपाली सेनाको हेलिकोप्टर चढेर गोरखा पुग्नुभएका उनले गोरखनाथ र गोरखकाली मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन्।
उनलाई गोरखा दरबारका मूल पुजारी शारदाप्रसाद भट्टराईले विधिपूर्वक पूजाअर्चना गराएका छन्। गोरखकाली मन्दिरको पूजासकेलगत्तै राष्ट्रपति पौडेललेसँगै रहेको गोरखनाथ मन्दिरमा पनि पूजा गरे।
मन्दिरमा पूजा गरेर फर्किएरपछि उनले गोरखा सदरमुकामस्थित ठूलो आँगनमा रहेको नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसमेत गरे। उनले आज नै ऐतिहासिक गोरखा दरबार सङ्ग्रहालयकोसमेत अवलोकन गरेका छन्।
दरबार सङ्ग्रहालयको अवलोकनका क्रममा त्यहाँ रहेका स्थानीयसँग पनि केहीबेर राष्ट्रपति पौडेलले कुराकानी गरेका थिए। राष्ट्रपति पौडेल आजै सेनाको हेलिकोप्टरमार्फत काठमाडौं फर्किएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation