काठमाडौं- संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले दूतावासमा राष्ट्रिय दिवस मनाएका छन्। संविधान दिवसको अवसरमा वाशिङ्टनस्थित नेपाली दूतावासमा राष्ट्रिय दिवसको आयोजना गरिएको हो।
दूतावासमा आयोजित राष्ट्रिय दिवस २५० भन्दा बढी विदेशी पाहुनाहरुको सहभागिता रहेको थियो। अमेरिकी राजदूतमा खत्री गएसँगै नेपाल-अमेरिका सम्बन्ध थप सुधार भएको छ।
उनले त्यहाँ रहेका नेपाली डायस्पोरासँगै नेपालमा अमेरिकी विश्वास बढाउने कामहरु गरेका छन्। दूतावासले आयोजना गरेको राष्ट्रिय दिवसको अवसरमा भारत, कोस्टारिका, श्रीलंकासहितका पाहुनाहरुको सहभागीता रहेको थियो।
दूतावासमा अमेरकी सांसद्, अमेरिकी विदेश मन्त्रालयका प्रतिनिधिहरु, एमसीसीका प्रतिनिधिहरु, वाणिज्य र युएसएडका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो।
यसअघि १३ सेप्टेम्बरमा राजदूत खत्रीले छिरिङ शेर्पाकव सम्मानमा डिनर रिसेप्सनको आयोजना गरेका थिए।






© Lok Kalam . Designed and Developed by Goldenmud Creation