८ कार्तिक २०८३, शनिबार

९.८४ अंकले घट्यो नेप्से, कारोबार ६५ करोड ५७ लाखमा सीमित

  • ६ असोज २०७९, बिहिबार
Image

काठमाडौं- बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ। बिहीबार कारोबारमा आएको २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता सेयर ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार ७२ करोड बराबरको कारोबार भएको थियो। बिहीबार नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा फाइनान्स र माइक्रोफाइनान्स उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ।

नेप्से परिसूचक घटेपनि बिहीबार सामलिङ्ग पावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ। त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको २.८७ प्रतिशत र वरुण हाइड्रोपावरको २.१६ प्रतिशतले बढेको छ। तर, बिध्यावासिनी हाइड्रोपावरको सेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ।

बिहीबार नबिल बैंकको सबैभन्दा धेरै २ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर