८ कार्तिक २०८३, शनिबार

वीर अस्पताल अगाडिका फार्मेसीमा चल्यो महानगरको डोजर

  • ६ असोज २०७९, बिहिबार
Image

काठमाडौं- काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका फार्मेसीमा डोजर चलाएको छ। अनधिकृत रुपमा निर्माण गरिएका ती फार्मेसीमा  महानगरले बिहीबार चलाएको हो।


बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो। अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ। 

नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी फार्मेसी सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेको थियो। वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो। 


प्रतिक्रिया

सम्बन्धित खवर