८ कार्तिक २०८३, शनिबार

माग सम्बोधन गर्न सरकार तयार भएपछि काठमाडौं फर्किए डा. केसी

  • ५ असोज २०७९, बुधबार
Image

काठमाडौं- विभिन्‍न माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसी काठमाडौं फर्किएका छन्। डा. केसीका मागहरु पूरा गर्न सरकार तयार भएपछि उनी काठमाडौं फर्किन लागेका हुन्। 

मागहरु सम्बोधन गर्नका लागि सरकारले वार्ता समितिसमेत बनाएको छ। सरकारी वार्ता टोली र डा. केसी पक्षको वार्ता टोलीबीच माग सम्बोधन गर्न आइतबारदेखि काठमाडौं अनौपचारिक, अनौपचारिक रुपमा वार्ता जारी छ। 

चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसीलाई काठमाडौं ल्याउन मंगलबारदेखि नै सरकारले प्रयास गरेको थियो। त्यसका लागि सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको थियो। तर १० दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्‍न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्यमा समस्या भएपछि काठमाडौंमा ल्याउन लागिएको हो। 

केसीको स्वास्थ्य स्थिति झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले मंगलबार दिउँसो हेलिकप्टर धनगढी पठाएको थियो। स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो। अस्पतालले डा. केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ।

त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ । अनशन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर