काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ। समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो।
सूची टुंग्याउनकै लागि हिजो बसेको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बस्न लागेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आइतबारको बैठकले सिलिङको काम गरेको छ। आज बिहान साढे ८ बजे बस्ने बैठकले समानुपातिक उमेदवारको सूची टुंगो लगाउने उनको भनाइ छ।
अन्तिम सूचीलाई आजै कार्यसम्पादन समितिको बैठकबाट पारित गरेर निर्वाचन आयोगमा बुझाउने तयारी रहेको पनि उनले बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation