८ कार्तिक २०८३, शनिबार

प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा विजयी

  • १५ पुष २०७९, शुक्रबार
Image

काठमाडौं- नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन्। उनी प्रतिस्पर्धी केदार कार्की र अमृत अर्याललाई पछि पार्दै दलको नेतामा विजयी भएका हुन्। 

कांग्रेस प्रदेश १ कार्यसमिति सभापतिसमेत रहेका थापाले १८ मत पाएका छन्। उनी कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन्। 

कांग्रेस इतर समूहको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य डा. शेखर कोइराला कार्कीले ९ र संस्थापन निकट अमृत अर्यालले २ मत ल्याएका छन्। 

यद्यपि केन्द्रीय सदस्यसमेत रहेका अर्याललाई संस्थापन पक्षको समर्थन नरहेको स्रोतले जनाएको छ। प्रदेश १ मा संस्थापन पक्षीय १२ जना प्रदेशसभा सदस्य छन्।


प्रतिक्रिया

सम्बन्धित खवर