९ कार्तिक २०८३, आइतबार

समानुपातिक उम्मेदवारको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

  • २ असोज २०७९, आइतबार
Image

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आइतबार पनि बस्दै छ। आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरुको आजको बैठकमा टुंगो लगाइने बताइएको छ। 

शनिबारसाँझ पनि सचिवालयको अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसेको थियो। सो बैठकले उम्मेदवारहरुको सूची तयार गर्न नसकेपछि आइतबार दिउँसो ११ बजेलाई बैठक पुनः बोलाइएको छ। 

प्रचार विभाग उपप्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार आजको बैठकले समानुपातिक उम्मेदवारहरुको सूची तयार पार्दै छ।

शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारहरुका बारेमा जानकारी गराएका थिए।

संघीय र प्रदेशतर्फका उम्मेदवारहरुको सूची बनाउन विविध मापदण्ड, समावेशितालाई ध्यान एवम् क्लस्टरलाई ध्यानमा राखेर बनाउनेबारे छलफल भएको गुरुङले बैठकपछि बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर