८ कार्तिक २०८३, शनिबार

तीन वर्षपछि पूर्वाधार सम्मेलन : पूर्वाधार विकासका प्रमुख समस्याहरू पहिचान गरिने

  • २३ भदौ २०७९, बिहिबार
Image

काठमाडौं- नेपाल उद्योग परिसंघको आयोजनामा आजदेखि २ दिने पूर्वाधार सम्मेलन सुरू भएको छ। परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको संयुक्त आयोजनामा पूर्वाधार सम्मेलनको आयोजना गर्न लागेको हो।

परिसंघले दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकारसँगको साझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ। नेपाल पूर्वाधार सम्मेलनमा यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख समस्याहरू पहिचान गर्ने मुख्य लक्ष्य रहन्छ। 

२०१९ मा भएको पूर्वाधार सम्मेलनपछि कोभिड–१९ का कारण सन् २०७६/७७ मा नेपालको आर्थिक वृद्धि २.३७ प्रतिशतले संकुचित भएको थियो। आर्थिक गतिविधिहरू विश्वव्यापी रूपमा ठप्प हुँदा विश्वले आपूर्तिमा गम्भिर अवरोधको सामना गर्नुपर्यो।

नेपालले आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक बृद्धि हासिलका लागि पूर्वाधारमा लगानी अनिवार्य छ। यही लक्ष्यलाई भेट्टाउन पनि परिसंघले पूर्वाधार सम्मेलनको आयोजना गर्न लागेको हो।

सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर