४ जेठ २०८१, शुक्रबार

भारतबाट बढेर आयो पेट्रोलको मूल्य

  • १६ भदौ २०७९, बिहिबार
Image

काठमाडौं- भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार बढेको देखिएको हो।

आज भारतले पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजेल ६ रुपैयाँ १२ पैसा बढेर आएको हो। नयाँ मूल्यअनुसार निगमलाई डिजलमा प्रतिलिटर १२ रुपैयाँ घाटा पुगेको छ। तर पेट्रोलमा भने अझै प्रतिलिटर २ रुपैयाँ नाफा छ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ। अब एलपी ग्यासमा १५ दिनको नोक्सानी करिब ५० करोड पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर