काठमाडौं- नेपालको सबैभन्दा लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतको कयौं वर्षदेखि निकै नै गहिरो सम्बन्ध चलिरहेको छ। टुबोर्गले सधै संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आइरहेको छ।
यसैसम्बन्धी गत ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन क्याम्पेनद्वारा निरन्तर कैयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुसगँ संलग्न भई संगीत क्षेत्रलाई उत्थान गर्दै आइरहेको छ। टुबोर्गले नेपालमा मात्र नभइ भारत, चीन, टर्की, सेर्बियालगायत अन्य देशहरुमा पनि टुबोर्ग ओपेन क्याम्पेनद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारलाई जोडेर नयाँ संगीत सृजना गर्दै आइरहेको छ। टुबोर्ग ओपेन अभियान टुबोर्ग उत्पादन फैलियेका विभिन्न देशमा छैटौं पटक हुदै छ भने नेपालमा यो पाँचौ पटक हुनेछ।
टुबोर्ग ओपेनको हरेक वर्ष एउटा मुख्य थिम हुन्छ। यो वर्षको थिम भने 'टेक द स्टेज' भनेर छ। जसमा अन्तराष्ट्रिय विश्व प्रख्यात कलाकारले उभर्दो स्वदेसी कलाकारलाई मेन्टरशीप प्रदान गरी उनिहरुलाई संगीतको मुल भाव र एउटा लोकप्रिय कलाकार कसरी बन्ने भनी मार्गदर्शन गरेका छन्।
टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ। उनीसँगै जोडिएका छन्। नेपालका उदयीमान कलाकार भेक जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन्। उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए भने उनको गीत अमेरिका र न्यूजील्याण्डमा नम्बर एकमा पुग्न सफल भएको थियो। उनका थुप्रै गीत हिट छन्। जसमध्य केही हिट गीत 'जलेबी बेबी', 'स्वाला', 'स्याभेज लभ' हरु आदि हुन्।
भेक नेपाली सांगितीक आकाशमा पछिल्लो पुस्ताका उदयीमान लोकप्रिय संगीतकर्मी हुन्। उनले पनि छोटो समयमै लोभलाग्दो लोकप्रियतासँगै क्रेज कमाएका छन्। उनको सबै भन्दा चर्चित गीतहरु मध्य 'एकलै जिउन सिके', 'मायालु' , 'लै बरी लै' जस्ता गीतहरुले लाखौँ भ्युजनै काटेका छन्।
गत महिना जसेन डेरुलोसगँ अमेरिकाको लस एन्जलसमा टुबोर्ग ओपेन २०२२ को एर्मजिङ कलाकार भेकले मेन्टरशिप प्राप्त गरी नेपाल फर्किसकेका छन्। यो वर्षको लागि भेकले आफ्नो मेन्टरशिपद्वारा सिकेका ज्ञानहरुले एउटा नयाँ गीत बनाउन गैइरहेका छन्। जुन आउँदो केहि महिनामा बजारमा सर्वत्र उपलब्ध हुनेछ।
गोर्खा ब्रिउरीका मार्केटिङ् डाइरेक्टर आशिष बिस्ट भन्छन्, 'टुबोर्ग र संगीतको नाता नेपाली सांगीतक क्षेत्र मा एकदम गहिरो छ। गत कैयौ बर्ष देखी यो अटुट सम्बन्ध अझै पनि कायम छ। चाहे त्यो संगीतको बिधा रक होस्, क्लासिक होस्, दोहोरी होस् अथवा ई.डि.म नै होस्, टुबोर्गले सधै संगीतलाई समर्थन गर्दै आऐको छ। यो पाली पनि सोही सम्बन्धलाई अगाडी लगी टुबोर्ग ले संगीतद्वारा देश तथा विदेशमा रहेका कलाकारहरु लाई जोड्न सफल भएका छन्।'
© Lok Kalam . Designed and Developed by Goldenmud Creation