८ कार्तिक २०८३, शनिबार

आज संसद्‌मा सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक प्रस्तुत गरिँदै

  • ७ भदौ २०७९, मङ्गलबार
Image

काठमाडौं- प्रतिनिधि सभाको बैठक मंगलबार बिहान बस्दै छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार बैठक बिहान १० बजे बस्नेछ। त्यसका लागि सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ। 

जसअनुसार आजको कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ प्रस्तुत गर्नेछन्। 

त्यसअघि उक्त विधेयकप्रति नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ। 

यसअघि सोमबार बसेको प्रतिनिधि सभाको बैठकले नेपाली कांग्रेसका नेता तथा सांस प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो। शोक प्रस्ताव पारित भएपछि सभामुख अग्नि सापकोटाले मंगलबार बिहान १० बजे अर्को बैठक बस्नेगरी सोमबारको बैठक स्थगन गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर