४ जेठ २०८१, शुक्रबार

झलनाथले भने - चुनावपछि अहिलेको गठबन्धन नरहन सक्छ, एमालेसँग एकता हुँदैन

  • ५ भदौ २०७९, आइतबार
Image

बुटवल- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सत्ता गठबन्धन प्रदेश र प्रतिनिधिसभा चुनाव पछिसम्म कायम रहनेमा शंका गरेका छन्।

आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खनालले चुनावसम्म गठबन्धन कायम रहने तर त्यसपछि भन्न नसकिने बताए। 

‘गठबन्धन चुनाव पछिसम्म जान्छ भन्न सकिन्न तर, अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ’, खनालले भने।

उनले इलामको क्षेत्र नं १ मा आफू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेदवार हुने बताए। एमालेमा दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले अलग पार्टी गठन गरेको बताउँदै नेता खनालले तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर