१९ असोज २०७९, बुधबार

प्रथम ठाकुर नाथ पन्त स्मृति भेट्रान्स प्रतियोगिताको क्‍वार्टरफाइनल हुँदै

  • ६ असोज २०७९, बिहिबार
Image

काठमाडौं- प्रथम ठाकुर नाथ पन्त स्मृति भेट्रान्स प्रतियोगिताको क्‍वार्टर फाइनलका खेल बिहीबारदेखि हुने भएका छन्। 

बिहीबारको पहिलो क्वाटरफाइनल दिउँसो २ बजे आयोजक किङकम स्पोर्टस क्लब 'ए' र फ्रिडम फाईटरबीच हुनेछ र दोस्रो क्वाटरफाइनल जोरपाटि भेट्रान्स र बानेस्वर एफसी बिच ४ बजे हुने छ।

बुधबार २ खेल सम्पन्‍न भए। पहिलो खेलमा फ्रिडम फाईटर र चाहाबिल भेट्रान्सबीच खेल सम्पन्‍न भएको हो। 

फ्रिडम फाईटर ३-१ गोलले विजयी भयो। जसमा फ्रिडम फाईटरका राजकुमार घिसिङ उत्कृष्ट खेलाडी घोषित भए।

त्यस्तै दोस्रो खेल कैलाली भेट्रान्स र बौद्व भेट्रान्स बीच सम्पन्‍न भयो। उक्त खेलमा कैलाली भेट्रान्सले बौद्व भेट्रान्सलाई १-० ले पराजित गरेको छ। यस खेलमा उत्कृष्ट खेलाडि कैलालिका उमेश लामा भए। 








प्रतिक्रिया

सम्बन्धित खवर