९ कार्तिक २०८३, आइतबार

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

  • १ भदौ २०७९, बुधबार
Image

काठमाडौं- सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ। बुधबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए। 

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ। सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा आजको बैठकमा ठोस निश्कर्ष निस्कनेगरी छलफल हुनेछ। 

कार्यदलले प्रतिवेदन तयार गरेर बाँकी काम पूरा गर्नका लागि शीर्ष नेताहरुलाई जिम्मा लगाउने भएको हो। 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ०७४ को निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मतलाई आधार बनाइने भएको छ। 

कुन निर्वाचनको मतलाई आधार बनाउने भन्नेबारे दलहरुबीच मतान्तर देखिँदा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ। 

हालैको स्थानीय तह निर्वाचनको मतलाई मुख्य आधार बनाउनुपर्ने कांग्रेसको धारणा छ भने नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय चुनावको मतको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर