८ कार्तिक २०८३, शनिबार

ताइवान भ्रमण गरेकी अमेरिकी सभामुख पेलोसीमाथि चीनको प्रतिबन्ध

  • २१ साउन २०७९, शनिबार
Image

काठमाडौं- ताइवान भ्रमण गरेको भन्दै आक्रोशित भएको चीनले अमेरिकी सभामुख नान्सी पेलोसीमाथि प्रतिबन्ध लगाएको छ। हालै पेलोसीले ताइवानको भ्रमण गरेकाले चीनले उनको परिवारका सदस्यमाथि पनि प्रवेशमा प्रतिबन्ध लगाएको हो।

पेलोसीको ताइवान भ्रमणसँगै चीन रुष्ट बनेको छ। उसले ताइवानी सीमाआसपासमा सैन्य अभ्यास पनि बढाउँदै आएको छ। चीनका विदेशमन्त्री वाङ यीले एक वक्तव्य जारी गर्दै भनेका छन्, 'चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप भएको छ। यसले चीनको सम्प्रुभता र क्षेत्रीय अखण्डतामाथि पनि क्षति पुगेको छ। अमेरिकाले 'एक चीन नीति' को उल्लंघनसमेत गरेको छ। साथै ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई पनि क्षति पुर्‍याएको छ।'

चीनले ताइवानलाई आफ्नै भूभागका रूपमा दाबी गर्दै आएको छ। राष्ट्रपति सी जिनपिङलगायतका चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताले ताइवानलाई एकीकरणमार्फत चीनमा गाभिने बताउँदै आएका छन्।

अमेरिकी सभामुख आफ्नो एसिया भ्रमणका क्रममा शुक्रबार ताइवान पुगेकी थिइन्। सभामुख पेलोसीले भने ताइवानको यथास्थितिलाई परिवर्तन गर्न आफ्नो भ्रमण नभएको स्पष्टीकरण दिएकी थिइन्। तर उनले ताइवानलाई तहसनहस हुन नदिने र ताइवानको विश्वासमा घात नगर्ने पनि बताएकी छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर