८ कार्तिक २०८३, शनिबार

मौरी पुलमा खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध

  • २० साउन २०७९, शुक्रबार
Image

काठमाडौं- नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा शुक्रबार रातिदेखि नै सडक अवरूद्ध भएको छ। राति दुई बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए।

मौरी पुलमा सोमबार रातिदेखि पहिरोका कारण दिनदिनैजसो बाटो बन्द हुने गरेको छ। उक्त पुलभन्दा तीन सय मिटर पर रहेको डाँडा चिराचिरा परेर खोल्सामा पहिरो खसेको छ।

वर्षा भएपछि खोल्सामा थुप्रिएको माटो‚ ढुंगा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पनि वर्षा हुनासाथ मौरी पुलमा बाटो बन्द हुने समस्या देखिएको छ। संघीय राजधानी काठमाडौंलाई जोड्ने मुख्य मार्ग अवरूद्ध हुँदा सयौं सवारी र यात्रु अलपत्र पर्ने गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर