८ कार्तिक २०८३, शनिबार

लगातार दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने देउवा पहिलो प्रधानमन्त्री

  • १९ साउन २०७९, बिहिबार
Image

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा लगातर दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ। यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन भएको थियो। उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो।

संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि नयाँ संविधानअनुसार २०७४ मङ्सिरमा एकसाथ प्रदेश र प्रतिनिधि सभा निर्वाचन भएको थियो।

त्यसपछि आगामी मङ्सिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न लागिएको हो। प्रधानमन्त्री देउवाले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने छन्।  

प्रतिक्रिया

सम्बन्धित खवर