९ कार्तिक २०८३, आइतबार

प्रतितोला ३००ले घट्यो सुनको मूल्य

  • १८ साउन २०७९, बुधबार
Image

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ३०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९५ हजार १०० रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर