८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि आकस्मिक अवतरण

  • ३ असार २०७९, शुक्रबार
Image

काठमाडौं । सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

इन्धन सकिएपछि भर्नका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार रहेका थिए ।

एक उच्च प्रहरी अधिकारीका अनुसार विमानस्थलमा अवतरण भएपछि २० मिनेट बढी प्रधानमन्त्री देउवाले नेता–कार्यकर्तासँग भेट गरेका थिए । इन्धन भरेपछि हेलिकोप्टर सुुदूरपश्चिम उडेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर