८ कार्तिक २०८३, शनिबार

स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च

  • १० साउन २०७९, मङ्गलबार
Image

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जनाएको छ।

आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरणबारे जानकारी दिएका हुन्। जसमध्ये निर्वाचन आयोगको सचिवालयबाट मात्र १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ (२०.३६%)खर्च भएको उनले बताए।

त्यसै गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको ७५३ वटा कार्यालय मार्फत ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ रुपैयाँ खर्च भएको उनले बताए।  ७७ वटा निर्वाचन कार्यालयबाट ४१ करोड ३३ लाख ७ हजार १३० रुपैयाँ खर्च भएको थियो।

गृह मन्त्रालयमार्फत मतपेटिका ढुवानी खर्च ४ करोड ५० लाख र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत भएको खर्च (मिडिया अनुगमन लगायत अन्य शिक्षा सामाग्रीको प्रचार प्रसारका लागि) भएको खर्च १ करोड ४५ लाख छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको कूल खर्च ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ भएको र बाँकी ३ अर्बभन्दा बढी रकम सरकारलाई फिर्ता गरिएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर