१९ असोज २०७९, बुधबार

विवेकशील साझा पार्टीको प्रवक्तामा परियार नियुक्त

  • ६ असोज २०७९, बिहिबार
Image

काठमाडौं- विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त भएका छन्। बिहीबार साझा पार्टीले संस्थापक सदस्य परियारलाई प्रवक्तामा नियुक्त गरेको हो।

सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुखसमेत रहेका नेता परियारलाई पार्टीको विधानको भाग १२ को दफा ७२ (४) ६ र ७२ (४) ७ बमोजिम प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष समिक्षा बाँस्कोटाले जानकारी दिइन्।

प्रवक्तामा नियुक्तद परियार  विवेकशील साझा पार्टीका संस्थापक नेतामध्येका एक हुन् । पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका परियार हाल पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख पनि छन्।

परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा समेत क्रियाशील छन्। एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका परियारले आमसञ्चारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियाबाट नेतृत्व विकासको तालिम लिएका छन् ।

परियार परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता पनि हुन्। 

प्रतिक्रिया

सम्बन्धित खवर