८ कार्तिक २०८३, शनिबार

अनियमितता गरेको भन्दै स्वास्थ्य राज्यमन्त्रीले काटे आपूर्ति महाशाखाका प्रमुखको नाममा पत्र

  • १० साउन २०७९, मङ्गलबार
Image

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियालाई आर्थिक अनियमितता सम्बन्धमा सोधपुछका लागि पत्र काटेका छन्।

राज्यमन्त्री केसीले मंगलबार चौरसियालाई पत्र काट्दै औषधि खरिदमा भएको अनियमितताको सन्दर्भमा बयान दिन उपस्थित हुन भनेका छन्।

औषधि खरिद लगायतमा अनियमितता गरेको भन्दै वास्तविकताका सम्बन्धमा सोधपुध गर्न मन्त्रालय उपस्थित हुनका लागि डा चौरसियालाई पत्र काटिएको हो। पत्रमा डा चौरसियाले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाखको लेनदेनको सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको आरोप लागेको विषय उल्लेख गरिएको छ।

यस्तै, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको तथा ०.५ प्रतिशत कमिसन लिने गरेको भन्ने विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएकोप्रति राज्यमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर