काठमाडौं- प्रतिनिधिसभाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राखेको राष्ट्रिय सभामा उत्पत्तिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation