१६ चैत २०८०, शुक्रबार

भरतपुर महानगरमा रेणुको ३५ हजार, चित्रसेनको ३७ हजार मत

  • ८ जेठ २०७९, आइतबार
Image

काठमाडौं- भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर उम्मेदवार रेणु दाहालले अग्रता निकै फराकिलो बनाउँदै लगेकी छन्। 

आइतबार बिहान ६:३० बजेसम्मको परिणाम अनुसार भरतपुर महानगरपालिकामा ८९ हजार गणना हुँदा मतान्तर ७ हजार ३८८ पुगेको छ।

मेयरमा रेणु दाहालले ३५०४९ मत पुर्‍याएकी छन् भने विजय सुवेदीको मत २७ हजार ६६१ मत प्राप्त गरेका छन्। 

भूइँकटहर चुनाव चिह्न लिएर मैदानमा होमिएका जगन्नाथ पौडेलको ११ हजार ८२३ मत छ।  

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भने ३७ हजार २७३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रितद्वन्द्वी हिमला गुरुङले २१ हजार ८८३ मत प्राप्त गरेकी छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर