१९ असोज २०७९, बुधबार

रुकुममा बस दुर्घटना, ४ को मृत्यु, १० जना घाइते

  • ६ असोज २०७९, बिहिबार
Image

रुकुम पूर्व- रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा बस दुर्घटना भएको छ। काठमाडौंबाट रुकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

भूमे २ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा भएको बस दुर्घटनामा अन्य १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जनाकारी दिए।

मृतकको सनाखत हुन बाँकी रहेको घटनास्थलमै रहेका प्रहरी उपरीक्षक डाँगीले बताए। बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर