१४ जेठ २०८१, सोमबार

सभापति देउवाद्वारा मिडिया सेन्टर निरीक्षण

  • ९ फागुन २०८०, बुधबार
Image

२०८० फागुन ०९ बुधबार

गोदावरी ललितपुर । नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले महासमिति बैठक स्थलमा निर्माण गरिएको मिडिया सेन्टर निरीक्षण गर्नुभएको छ ।

गोदावरी हलसँगै स्थापना गरिएको मिडिया सेन्टरको बुधबार बिहान सभापति देउवाले निरीक्षण गर्नुभएको हो । मिडिया सेन्टरको निरीक्षण गर्दै उहाँले महासमिति बैठकको समाचार सम्प्रेषणको प्रभावकारीतामा ध्यानदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘पत्रकार ज्यूहरुले स्वतन्त्रपूर्वक देशकै ठूलो पार्टीको महासमिति बैठकका समाचारहरु सम्पे्रषण गरेर हामीलाई आवश्यक सुझाव दिँदै गर्नुहोला।’

मिडिया सेन्टरसहित सभापति देउवाले सूचना केन्द्र, स्वास्थ्य शिविर र भोजन व्यवस्थापन लगाएतका व्यवस्थापनका बिषयमा जानकारी लिनुभयो । साथै, उहाँले व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो 

प्रतिक्रिया

सम्बन्धित खवर