काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार १५ जना सह-सचिवहरूको सरुवा गरेको छ। मन्त्रालयका सहसचिव रघुराम विष्टका अनुसार साउन ३ गते संघदेखि स्थानीय तहसम्म १५ जना सहसचिवहरूको सरुवा गरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोग ललितपुरमा सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेसकान्त पोख्रेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रकाश पौडेललाई रक्षा मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रदीप परियारलाई सहरी विकास मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ।
अर्थ मन्त्रालय गण्डकी प्रदेशका प्रदेश सचिव वैकुण्ठ प्रसाद अर्याललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ। श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रदेश सचिव दीपक घिमिरेलाई संघीय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ।
राष्ट्रिय समावेशी आयोगका शिव कुमार कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय,प्रदेश १ विराटनगर अन्तर्गत सरुवा गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत सरुवा गरिएको छ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमाकान्त दुवाडीलाइ खानेपानी मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
युवा तथा खेलकुद मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद भट्टराईलाई घोराही उपमहानगरपालिकामा सरुवा गरिएको छ। सहरी विकास मन्त्रालयका सहसचिव विष्णु प्रसाद शर्मालाई अर्थ मन्त्रालय गण्डकी प्रदेश सरुवा गरिएको छ।
धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेललाई वीरगन्ज महानगरपालिकामा सरुवा गरिएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीलाई पोखरा महानगरमा सरुवा गरिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation