८ कार्तिक २०८३, शनिबार

पद रिक्त भएको २९ महिनापछि उपसभामुख चयन : पुष्पा भुसालले उम्मेदवारी दिँदै

  • ३० असार २०७९, बिहिबार
Image

काठमाडौं- प्रतिनिधि सभाका उपसभामुख  चयनको प्रक्रिया अघि  बढाइएको छ। प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार   बिहीबार बिहान  ११ देखि   अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ। यस्तै उम्मेदवारको नामावली प्रकाशन बिहीबारै हुनेछ।

शुक्रबार अपराह्न ३ बजेको  बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ। पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो।  २०७६  माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले  राजीनामा दिएपछि पद रिक्त थियो । 

तत्कालीन सत्तारूढ दल नेकपाले सभामुखमा अग्निप्रसाद  सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन्। प्रतिनिधि सभाको  सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको   हुनुपर्ने संवैधानिक व्यवस्था छ।

सो अनुसार अब नेकपा माओवादी केन्द्र बाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुने छन्। सत्ता गठबन्धनलेकांग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ।कांग्रेसका एक पदाधिकारीका अनुसारकांग्रेसले उपसभामुख पाउने सहमति भएपछि आज भुसालले उम्मेदवार मनोनयन गर्ने छिन्। 

यसअघि पनि कांग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने। उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन्। ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन्। यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ।

प्रतिनिधिसभामा एमालेको ९८,कांग्रेस ६१ (दुई निलम्बित), माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन्।

पाँच दलीय गठबन्धनसँगकांग्रेस ६१, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१ र राष्ट्रिय जनमोर्चाको १ गरी १५५ मत छ। लोसपा पनि सत्ता गठबन्धनसँगै नजिक छ। लोसपाले एमालेलाई साथ दिएपनि गठबन्धनकै पल्लाभारी देखिन्छ। यता एमालेले उपसभामुखमा उम्मेदवारी दिने नदिनेबारे टुंगो लगाइ नसकेको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर