९ कार्तिक २०८३, आइतबार

७७ अंकले घट्यो नेप्से

  • २७ असार २०७९, सोमबार
Image

काठमाडौं- सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको सेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो।

आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ। नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ।

उच्च अंकले घटेको सेयर बजारमा आज सर्वाधिक हिमालयन डिस्टिलरीको सेयर खरिद-बिक्री भएको छ । कम्पनीको आज एकैदिन ११ करोड चार लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एसिया बैंकको आठ करोड ७१ लाख, अपर तामाकोसीको आठ करोड ४१ लाख, एसियन लाइफको आठ करोड १७ लाख र नेपाल लाइफको सात करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर