२३ जेठ २०८०, मङ्गलबार

महिला भलिबलमा नेपाल सेमिफाइनलमा

  • ९ जेठ २०८०, मङ्गलबार
Image

काठमाडौं- एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो।

यस जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनल प्रवेश गर्न सफल भयो। नेपालले बङ्गलादेशलाई पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पार्यो भने खेलको दोस्रो सेट २५-८ तथा तेस्रो सेट २५-९ ले विजयी भयो। समूह ‘ए’ को नेपालले ६ अङ्क जोडेको छ।

समान ६ अङ्क नै जोडएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ। समान दुई खेलमा जितविहीन बङ्गलादेश र किर्गिस्तान भने समूह चरणबाट बाहिरिएका छन्। नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पराजित गरेको थियो।

अब नेपालले तेस्रो खेलमा बुधबार भारतको सामना गर्नेछ। भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर