काठमाडौं- अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन्। यो जोडी आज (शुक्रबार) काठमाडौंको याक एन्ड यति होटलमा विवाह बन्धनमा बाँधिएका हुन्।
चार वर्षदेखि प्रेममा रहेका हरिहर र नीताले नजिकका सीमित आफन्तका बीच बिहे गरेका हुन्। नीता र हरिहरले आफ्नो वैवाहिक समारोहमा सञ्चारकर्मीलाई निम्ता गरेनन्।
आफ्ना नजिकका आफन्त र चलचित्रकर्मीलाई मात्रै बोलाएको उनीहरुको विवाहमा पुराना अभिनेता सरोज खनाल पुगेका थिए। विवाहअघि नीता र हरिहरले मनाएको मेहन्दी तथा संगीत पार्टीमा रेखा थापा, अनु थापालगायत चलचित्रकर्मीले सहभागीता जनाएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation