८ कार्तिक २०८३, शनिबार

ज्ञानेन्द्र शाहले पढेको वक्तव्यको ड्राफ्ट मैले गरेको हुँ : केपी ओली

  • २४ असार २०७९, शुक्रबार
Image

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको बताएका छन्। छविलाल कार्कीको स्मृति कार्यक्रममा २०६३ सालमा आफूले नै तयार गरेको ड्राप्ट ज्ञानेन्द्रले पढेको बताएका हुन्।

“२०६३ वैशाख ११ गते ज्ञानेन्द्रले गरेको घोषणा सर्वदलीय स्वीकृतीमा पार्टीले तयार पारेको ड्राफ्ट हो। पार्टी कार्यालय बल्खुको अगाडि चौरमा रुद्राक्षको बोटमुनि बसेर मैले त्यो ड्राफ्ट गरेको थिएँ।  त्यो ड्राफ्ट ज्ञानेन्द्रले पढेका थिए,” उनले भने। 

उनले त्यहाँ एउटा मैले भंग गरेको संसद् पुनःस्थापना गरिएको र अर्को बहुदलीय व्यवस्था जनताको नासो जनतालाई फर्काइदिएको भनिएको बताए। उनले माओवादीले जनयुद्ध गर्नुको उद्देश्य अर्कै रहेको दाबी गरे।

छोटो बाटोबाट सत्तामा पुग्ने र आफ्नै भलाई गर्नु युद्धको उद्देश्य रहेको आरोप लगाए। उनले माओवादीको राजतन्त्रसँग कार्यगत एकता र कम्युनिस्ट र कांग्रेससँग शत्रुता रहेको पनि आरोप लगाए।

प्रतिक्रिया

सम्बन्धित खवर