८ कार्तिक २०८३, शनिबार

थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

  • २३ असार २०७९, बिहिबार
Image

काठमाडौं- नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर एक हजार ३८४ पीसीआर परीक्षणमा ६० जना र दुईहजार १३१ एन्टिजेन परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, थप २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५९८ जना निको भएका छन्।

हाल नेपालमा ५०८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर