४ वैशाख २०८१, मङ्गलबार

गठबन्धनको विरोध गर्ने एमालेले नौवटा दलसँग मिलेको सबैलाई थाहा छ: बाँनिया

  • १३ जेठ २०७९, शुक्रबार
Image

लोक कलम सम्वाददाता,

 काठमाडौँ,  जेठ ।

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले गठबन्धनको विरोध गर्ने नेकपा एमालेले स्थानीय तह निर्वाचनमा दोबाटेसँग पनि गठबन्धन गरेको आरोप लगाएका छन् । उनले शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशन बैठकलाई सम्बोधन गर्दै सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहौलबाट डराएर एमालेले जोसँग पनि चुनावी तालमेल गरेको आरोप लगाए ।

संसदमा सम्बोधन गर्दै उनले भने– ‘भन्नलाई हामी एक्लै लड्यौ भनेका छौं । तर, नौवटा दल मिलेको सबैलाई थाहा छ । कतै कमल थापा, कतै राजेन्द्र लिङ्देनसँग मिलेको हामीलाई थाहा नै छ । गठबन्धन गर्ने पार्टी नै नपाएपछि दोबाटेसँग पनि एमालेले तालमेल गर्यो ।

उनले एमालेको बोली र व्यवहार ठिक नभएका कारण अहिलेको अवस्था सिर्जना भएको बताए । संघ र प्रदेश सरकार चार वर्ष सञ्चालन गर्दा एमालेले जनताप्रति इमानदार भएर काम नगरेका कारण जनताले गठबन्धन रोजेको उनको भनाइ छ ।

‘गठबन्धनमा रहेका भर्खरै बनेको दलले पनि महानगरको नेतृत्व पाएको छ’ उनले भने, ‘धेरै बोल्ने, कुरो धेरै गर्ने, काम नगर्ने र जनताप्रति उत्तरदायी नभएका कारण जनताले एमालेलाई भोट दिएनन् ।’ उनले विगतमा ४ वर्ष सरकारको नेतृत्व गरेको एमालेले काम गर्न नसकेका कारण निर्वाचनमा पराजित हुनुपरेको बताए । एमालेले सरकारको नेतृत्वमा बस्दा बोल्ने मात्र काम गरेको उनले बताए । उनले गठबन्धनको सरकार आए लगत्तै जनताको काम र सेवा गर्नमा प्रतिस्पर्धा गरेको दावी गरे ।

गठबन्धन सरकारले स्थानीय निर्वाचन धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सफल भएको दावी गरे । स्थानीय निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा केन्द्र सरकारलाई उनले धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर