काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८४७ जनाको पीसीआर परीक्षणमा ३४ जना र १ हजार १६३ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जना निको भएका छन् भने हाल देशभर ३४८ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ३४४ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा छन्। यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation