१४ जेठ २०८१, सोमबार

दार्चुलामा भिरबाट लडेर एक जना विद्यार्थीको घटनास्थलमै मृत्यु

  • ८ फागुन २०८०, मङ्गलबार
Image

२०८० फागुन ०८ मंगलबार

काठमाडौं- दार्चुलामा भिरबाट लडेर एक जना विद्यार्थीको मृत्यु भएको छ । मंगलबार बिहान घरबाट विद्यालय जाने क्रममा रातोपौड भिरबाट लडेर  मृयु भएको हो ।

दार्चुला नौगाड गाउँपालिका- ६ की १८ वर्षीया मनिषाको विद्यालय जाने क्रममा मृत्यु भएको स्थानीय कृष्णसिंह ठगुन्नाले जानकारी दिएका छन। 

स्थानीय कृष्णसिंह ठगुन्नाका अनुसार मंगलबार बिहान करिब ९ बजेको समयमा रातोपौड भन्ने भिरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको हो 

मनिषा स्थानीय मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् 

विद्यालय जाने बाटोबाट करिब ५०० मिटर तल खसेकी मनिषाको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए 

 

प्रतिक्रिया

सम्बन्धित खवर