८ कार्तिक २०८३, शनिबार

सहरी विकासमन्त्री झाँक्री राजीनामा दिँदै

  • १२ असार २०७९, आइतबार
Image

काठमाडौं- सहरी विकासमन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने भएकी छन्। विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन्।

नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। एकीकृत समाजवादीले तीन साता अघि नै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिँदै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई नाम सिफारिस गरिसकेको छ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले राजीनामा दिने घोषणा गरिसकेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर