८ कार्तिक २०८३, शनिबार

ट्रक दुर्घटना हुँदा सुर्खेतमा दुई जनाको मृत्यु

  • ४ असार २०७९, शनिबार
Image

सुर्खेत- सुर्खेतमा ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। शनिबार गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोलामा ना ४ ख ९७३१ नम्बरको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोटको नलगाढ नगरपालिका–१२ का २४ वर्षीय मिलन गुरूङ हुन्। भीम बहादुर ट्रकका चालक रहेको प्रहरीले जनाएको छ।

दाङबाट सिमेन्ट र सरिया बोकेर जाजरकोटतर्फ जाँदै गरेको ट्रक शनिबार बिहान दुर्घटना भएको थियो। दुर्घटनाग्रस्त ट्रकबाट प्रहरीले क्र्रेनको सहायताले मृतकको शव निकालेको थियो। 


प्रतिक्रिया

सम्बन्धित खवर