८ कार्तिक २०८३, शनिबार

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

  • २ असार २०७९, बिहिबार
Image

काठमाडौं- भारतबाट पेट्रोलमा ६.५२ रुपैयाँ बढेर आएको छ। नेपाल आयल निगमले बिहीबार भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको हो ।

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेलमा १९.३ रुपैयाँ र हवाई इन्धनमा १९.९१ रुपैयाँ मूल्य बढेर आएको छ। भारतबाट मूल्य बढेर आएपनि निगमलाई पेट्रोलमा ३१.२८ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

यस्तै डिजेलमा ३७.१६ रुपैयाँ घाटा भएको छ भने हवाइ इन्धन (आन्तरिक)मा २.७०) रुपैयाँ घाटा हुने निगमको भनाइ छ। निगमका अनुसार आगामी १५ दिनमा करीब ४ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने देखिएको छ। 



प्रतिक्रिया

सम्बन्धित खवर