५ जेठ २०८१, शनिबार

हाइटेन्सन तारमा चढेका व्यक्तिको उद्धार गर्न हेलिकप्टरसहित सेना पुग्यो

  • २८ जेठ २०७९, शनिबार
Image

काठमाडौं - नुवाकोटको ककनी गाउँपालिकाबाट विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका व्यक्तिको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर नुवाकोट पुगेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार नेपाली सेनाको हेलिकप्टरले रेञ्जर गणको उद्धार टोलीलाई ककनी गाउँपालिका–७ मा छोडेर फर्केको छ।

सेनाको टोलीले प्रसारण लाइनमा झुण्डिएर बसिरहेका बेलकोट गढी नगरपालिका–१२ का माइला विकलाई त्यहाँबाट उद्धार गर्नेछ। ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार नेपाली सेनाको उद्धार टोली विकको उद्धार गर्न प्रसारण लाइनको खम्बामा चढेका छन्।

नुवाकोटकै बेलकोटगढी नगरपालिका–१२ का माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका–७ मा त्रिशुली मातातीर्थ प्रसारण लाइनको तारमा चढेका थिए। बिहानदेखि खाना पानीसमेत नखाएका बेलकोटगढीका प्रेमबहादुर बिक ‘माइला’ त्यहाँबाट झर्न मानिरहेका छैनन्।

ऊर्जामन्त्री पम्फा भुसालले ती व्यक्तिको उद्धार गरिदिन नेपाली सेनालाई आग्रह गरेकी थिइन्।  ६० मेगावाटको त्रिशुली थ्री–ए आयोजना नै बन्द भएको छ। ती व्यक्ति चढेको पोलमा त्रिशुली थ्री–ए आयोजनाबाट काठमाडौंमा विद्युत ल्याइएको २२० केभी प्रसारण लाइन जडान भएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर